
पोखरा, २० माघ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानरपालिका वडा नं २६ सुन्दरीबजारमा स्कुटर र गाडी ठोक्किँदा एक जनाको ज्यान गएको छ । श्रीमान श्रीमती सवार ग १३ प ५७८० नं. को स्कुटर र ग १ क ३५७० नंम्बरको रेडी मिक्चर गाडी एक आपसमा ठोक्किँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
दुर्घटनामा घाईते स्कुटरको पछाडी बसेकी पोखरा ११ चापापानी बस्ने ५० वर्षीया चित्र कुमारी गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनका श्रीमान ५२ वर्षीय बिरेन्द्र सिंह गुरुङ घाइते भएका छन् । उनको हाल भई उपचार भइरहेको जनाईएको छ । दुर्घटनापछि रेडी मिक्चर गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताईएको छ ।
बाइकको ठक्करबाट बालिका घाईते
पोखरा महानरपालिका वडा नं २६ बुढिबजारमा गुडिरहेको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिँदा बालिका घाइते हुन पुगेकी छिन् ।
गण्डकी प्रदेश प्रहरीका अनुसार उक्त ठाउँमा ग १ त ३९८२ न को ट्याक्टरले ग.६ प.५०३२ न.को मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल अनियन्त्रित भई सडकको किनारमा बसिरहेकी स्थानीय १५ वर्षीया शितल ढुङ्गानालाई ठक्कर दिन पुगेको थियो ।
घाईते ढुंगानालाई उपचारका लागि लेखनाथ सिटी अस्पताल पठाईएको छ । दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
