
माघ २४,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।
कमेन्ट गर्नुहोस्
