नेपाल-भारत वाणिज्य सन्धिबारे पोखरामा छलफल सुरु 

Share:

माघ २४,पोखरा । नेपाल भारत वाणिज्य सन्धिको विषयमा पोखरामा छलफल सुरु भएको छ। गण्डकी प्रदेशको पोखरामा बिहीबार १२ बजेदेखि नेपाल र भारतका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिवस्तरीय दोस्रो बैठक सुरु भएको हो ।

यसअघि भारतको नयाँदिल्ली छलफल हुँदा निष्कर्षमा पुग्न नसकिएका बुँदाहरूमा छलफल सुरु भएको नेपालका तर्फबाट छलफलको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्राल सहसचिव रविशंकर सैजुले जानकारी दिए । नेपालको उत्पादन भारतीय बजारमा लैजान कसरी सकिन्छ भन्ने उदेश्यका साथ छलफलमा सहभागी भएको सैजुले बताए ।

‘इण्डियाको मार्केट साह्रै ठूलो छ,’ उनले भने, ‘हाम्रो केहि उत्पादनहरुले बजार नपाइरहेको अबस्थामा त्यो मार्केटले सहयोग र्पुयाउने देखिएकोले वार्तामा बसेका हौ ।’वार्तामा नेपालको तर्फबाट सैजुको नेतृत्वमा ९ जना सहसचिबहरु र भारतको तर्फबाट भूपेन्द्र सिंह भल्लाको नेतृत्वमा ७ जना सहसचिवहरू सहभागी भएका छन् । उक्त बैठक शुक्रबारसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: