पोखरामा जग्गाको बिषयमा विवाद हुँदा एकजना घाइते

Share:

माघ २६,पोखरा । जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एकजना घाइते भएका छन् । शनिबार पोखरा महानगरपालिका-३३ तिक्लाङमा बाटो बनाउने बिषयमा बसेको बैठक पश्चात कुटपिट हुँदा सोहि स्थानका ५८ वर्षीय चुडामणि पौडेल घाइते भएका हुन् ।

पौडेललाई तिक्लाङकै शिब बानियाँ र पदम खत्रीले कुटपिट गरेका हुन् । कुटाइबाट घाइते भएका पौडेलको बिरौटा स्थित नमस्ते अस्पतालमा उपचार भईरहेको छ ।प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: