
माघ २७,पोखरा । पोखरामा जारी मनकामना पोखरा कपको उपाधीका लागि आज एपीएफ र क्यामरुनको डफिन्स क्लब भिड्दै छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जापानको रिश्सो युनिभर्सिटीको टीमलाई पराजित गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो । यस्तै शनिबार भएको दोस्रो सेमिफाइनल लिग बिजेता मनाङ मस्र्याङ्दीलाई हराउँदै क्यामरुनको डफिन्स क्लब फाइनल प्रवेश गरेको हो ।
एपीएफ टीम
एपीएफले टाइब्रेकरमा रिश्सो युनिभर्सिटीको टीमलाई ४–१ गोलले पराजित गरेको थियो । डफिन्सले मनाङलाई सडनडेथमा हराउदै एपीएफसंगको भेट पक्का गरेको हो । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको विजेताले उपाधि सहित ७ लाख ५५ हजार रुपैयाँ र उपबिजेताले ४ लाख ५ हजार प्राप्त गर्ने छन् ।
डफिन्स टीम
उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जना खेलाडीलाई पुरस्कार स्वरुप मोटरसाइकल सहित सम्मान गरिने एन्फा कास्कीले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वा्धिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जनाएका छन् ।
PHOTO:GOALNEPAL


