१४ एसपी एसएसपीमा बढुवा, २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

Share:

२७ माघ,काठमाडौं । लामो समयको अनिश्चिततापछि नेपाल प्रहरीले एसपी र एसएसपीको बढुवासूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा २६ जना डिएसपी एसपीमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले खाली रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा पदपुर्ति गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शनिबार राति गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहितको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको हो । एसएसपी बढुवा हुनेहरूमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहेका छन् ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले २६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरेको छ। बढुवामा पर्नेहरूमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल र रमेश थापा रहेका छन्।

त्यसैगरी एसपीमा बढुवा हुने अन्यममा प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुप शमशेर राणा, श्याम महतो, कृष्ण पङ्गेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर रहेका छन् ।

अब प्रहरीले खाली रहेको एकजना प्रहरी नायव महानिरीक्षकमा बढुवाको टुंगो लगाउन बाँकी छ । काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको स्थानमा प्रहरी प्रधान प्रधान कार्यालय एकजना एसएसपीलाई बढुवाको तयारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: