
पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको होटल मनास्लुमा आगलागी हुँदा मध्यरात भागदौड मच्चियो । आठ तलाको उक्त होटलको भुईँ तलामा रहेको मिटरबक्समा विद्युत सर्ट भएर आगो लाग्न सुरु भएपछि होटलमा बसेका ग्राहकहरु अत्तालिए ।
राति साढे १ बजेतिरको समयमा लागेको आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सो समयमा होटलमा ३५ जना पाहुना रहेको र घटना लगत्तै केहिलाई भ¥याङको सहयोगले बाहिरबाटै ग्राहकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
ग्राउण्डफ्लोरमै सुतेका होटलका गार्डले अकस्मात आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो समय एक जना चिनियाँ नागरिक र ३४ जना नेपाली ग्राहक रहेको बुझिएको छ ।
तस्विरः खिम लामिछाने
कमेन्ट गर्नुहोस्

