स्याङजामा बाग्लुङका एक किशोर लागुऔषधसहित पक्राउ

Share:

फागुन ६, स्याङ्जा । स्याङ्जामा बागलुङका एक किशोर लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका ३ बसपार्कका १६ वर्षीय आषिश क्षेत्री रहेका छन् । सोमबार गल्याङ नगरपालिका ३ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २७५१ नम्बरको हाईसमा क्षेत्री लागुऔषध सहित फेला परेका हुन् ।

क्षेत्रीले बोकेको झोला चेकजाँच गर्दा नुफिम ४० थान, चेरेज्याक ३८ थान र फेनेरागन ४० थान गरी जम्मा ११८ थान लागुऔषध भेटिएको थियो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रतीकात्मक तस्वीर

कमेन्ट गर्नुहोस्
Share: