
फागुन ७, पोखरा । सफल पोखरा म्याराथनको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन् । निर्धा्रित दूरी २ घण्टा ४० मिनटमा पूरा गर्दै उनले उपाधि हात पारेका हुन् । उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै सशस्त्र प्रहरी बलका खिमबहादुर खत्री दोस्रो स्थान हात पारेका छन् । पोखराका विभिन्न भाग परिक्रमा गरी सँगै पोखरा रंगशालाको ट्रयाकमा प्रवेश गरे पनि उनी सेनाका रिमालभन्दा १० सेकेण्डले पछि परेका हुन् । दोस्रो हुँदा उनले ७० हजार नगद प्राप्त गरे ।
नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान हात पारे । उनले दुई घण्टा ४१ मिनेट १७ सेकेण्डमा निर्धा्रित दूरी पार गर्दै ५० हजार रुपैयाँ प्राप्त गरे। आर्मीका धावक पूर्ण तामाङले सान्त्वना पुरस्कार प्राप्त गरे।
उनले दूरीलाई २ घण्टा ४२ मिनेट ५५ सेकेण्डको समय लगाउँदै पूरा गरेका थिए । भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा सफल दूधको मूख्य प्रायोजनमा आयोजित दौडमा नेपालसहित विभिन्न देशका खेलाडीहरुले सहभागि भएका थिए ।
तस्बिर-सुदर्शन रञ्जित
