फोटोसुटमा खुलेका ‘हस्पिटालिटी नेपाल’का प्रतिस्पर्धीहरु

Share:

बिग न्यूज
पोखरा, १३ फागुन । हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजन अन्तरगत यतिबेला प्रतिस्पर्धीहरुलाई आयोजकले विभिन्न प्रशिक्षणमा सहभागी गराईरहेको छ । आयोजक एपी इन्टरटेनमेन्टले फाइनलका लागि उनीहरुलाई हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित विभिन्न प्राविधिक तालिमहरु पनि दिईरहेको छ ।

बन्द प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुले कुक, वेटर, वारिष्टा, वार टेन्डर, फ्रन्ट डेस्क हस्पिटालिटी जस्ता प्राविधिक र जीवनोपयोगी तालिमहरु लिईरहेका छन् । त्यो बाहेक आयोजकले उनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने अन्य प्रशिक्षणहरुमा पनि प्रतिस्पर्धीहरु सहभागी भैरहेको आयोजकले बताएको छ ।

यसैबीच आयोजक एपी इन्टरटेनमेन्टले हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुलाई ‘थिम्याटिक फोटोसुट’ सँगै ‘भिडियो सुट’ पनि गराएको छ । पोखराको टेम्पल ट्रि होटल, बगैँचा वेलनेस रिसोर्ट र होटल ड्यान्डिलियनमा गरिएको फोटोसुटमा प्रतिस्पर्धीहरुले हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित पहिरनहरु लगाएका थिए । किचनवेयर, फ्रन्ट अफिस, बार टेन्डर, हाउसकिपिङ, वेटर ड्रेसमा उनीहरु खुलेका देखिन्थे ।

एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेको कन्सेप्टमा वल्र्ड टच फेशन डिजाइनिङले प्रतिस्पर्धीहरुको पहिरन तयार पारेको हो । ‘एस टु प्रोडक्शन’का सुरज श्रेष्ठले उनीहरुको फोटोसुट गरेका थिए ।

चैतको पहिलो साता ग्राण्ड फिनाले गर्ने लक्ष्य लिएको आयोजकले यो बीचमा प्रतिस्पर्धीहरुलाई ‘टुरिज्म डेस्टिनेशन’ घान्द्रुक ‘भिजिट’ गराउँदैछ । त्यसपछि प्रतिस्पर्धीहरुले ट्यालेन्ट राउण्डका लागि तयारी गर्नेछन् । आयोजक एपी इन्टरटेनमेन्टका अनुसार ग्राण्ड फिनालेमा १८ जना प्रतिस्पर्धीहरु सहभागी हुँदैछन् ।

कमेन्ट गर्नुहोस्
Share: