आहा ! रारा गोल्ड कप : अनिलको ह्याट्रिकमा सिक्किम युनाइटेड माथि थ्री स्टारको सहज जित, भोली दाउफिन्स र नेपाल पुलिस भिड्ने

Share:

पोखरा, फाल्गुन १३ । अनिल गुरुङले ह्याट्रिक गरेपछि रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्कडप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । सुशिल राईलाई फल गरेपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो ।  जसलाई अनिल गुरुङले सदुपयोग गरेका हुन् ।

अनिलले खेलको २४ औं मिनेटमा गोल गर्दै जारी सिजनमा थ्री स्टारका लागि पहिलो गोल गरेका हुन् । खेलको ५० औं मिनेटमा अनिलले क्रस गरेको बललाई सिक्किमका खेलाडीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएपछि थ्री स्टारले खेलमा २–० को अग्रता बनाएको थियो ।

अनिल गुरुङले मार्टिनलाई दिएको पासलाई सिक्किमका डिफेन्डरले क्लियर गर्न खोजेका थिए । तर गोलरक्षकलाई लाग्दै फर्किएको बल डिफेन्डर जिग्मी देर्जी भुटियालाई लाग्दै गोल हुन् पुग्यो । ७० औं मिनेटमा विपक्षी डिफेन्डरको गल्तीको फाइदा उठाउदै मार्टिनले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

८१ औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो गरेपछि थ्री स्टारले ४–० को फराकिलो अग्रता बनाउन पुग्यो । सिक्किमका मोविन राईले अनिल गुरुङलाईडिबक्समा लडाएपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई अनिल आफैले सदुपयोग गर्दै ८५ औं मिनेटमा ह्याट्रिक पुरा गरे । ५–० ले पछि परेपछि सिक्किमले खेलको अन्तिम समयमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।

८९ औं मिनेटमा सोनामले गोल गर्दै खेललाई ५–१ मा पुर्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ओन छिरिङ लेप्चाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ५–२ मा ल्याएपनि हार टार्न सकेन । खेलमा ह्याट्रिक गरेका अनिल म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार नगद सहित ट्रफी प्राप्त गरे ।

अन्तिम क्वार्टफाइनल खेल मंगलबार क्यामरुनको दाउफिन्स र विभागी टोली नेपाल पुलिसवीच प्रतिस्पर्धा हुँदैछ । दाउफिन्सले यसअघि पोखरामै भएको मनकामना कपको उपाधी हात पारेको थियो ।

टोलीले सोमबार नै भएको तिलोत्तोमा गोल्डकपको फाईनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई नै सडन डेथमा ६-५ ले पराजित गर्दै उपाधीमा ह्याट्रिक गरेको छ । धरानमा भएको बुढासुब्बा कपको उपाधी पनि पाहुना टोली दाउफिन्सले नै हात पारेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: