दुर्घटनामा पर्नु केहीबेरअघि मन्त्री अधिकारीको व्यस्तता (५ तस्विरमा)

1154
0
Share:

एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा पर्नुअघि तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यताका अध्ययनका लागि पुगेको थियो । सो कार्यक्रमसहित मन्त्री अधिकारीको टोलीलाई तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले औपचारिक कार्यक्रम नै राखेर स्वागत गरेको थियो ।

ती कार्यक्रममा सहभागी भएलगत्तै फर्किएको सो टोली पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी सवार थिए ।

तस्विरः सामाजिक सञ्जाल

कमेन्ट गर्नुहोस्
Share: