तनहुँमा बस र कार ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

Share:

तनहुँ, फागुन १८ । तनहुँको व्यास नगरपालिका–४ स्थित बुल्दिपुलमा शुक्रबार राति बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा लेखनाथका ५६ वर्षीय नीलबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा गम्भीर घाइते सुनारको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमा तनहुँको व्यास नगरपालिका–२ कालिकामार्गका ३५ वर्षीय सुन्दर गुरुङ र कार चालक कास्की पोखरा महानगरपालिका–१० का सुनिल गुरुङ रहेका छन्। उनीहरुको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ। उनीहरुको मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाग्लुङबाट काठमाडौं जाँदै गरेको ना ४ ख २८४४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: