
तनहुँ । बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर र दुर्घटनामा गम्भीर घाईते भएका व्यास नगरपालिका १४ केशवटारका जीपका चालक ३५ वर्षीय बिमल घर्ती रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि पोखरा ल्यार्ईंदै गर्दा बाटैमा ज्यान गएको हो ।बुद्धि बहादुरको भने यसअघि नै उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको थियो ।
जीप गुडिरहेको अवस्थामा अगाडी टायर पञ्चर हुदाँ सडकबाट तल खसेको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । दुर्घटनामा परी अन्य ११ जना घाईते भएका छन् । घाईते हुनेमा होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, कुमार बस्याल, देवीमाया थापा, खुममाया थापा लगायत रहेको र रत्नहरी मेमोरियलमा उपचार भइरहेको ट्राफिक प्रहरी मोहन गिरीले जानकारी दिए । गम्भिरलाई भने पोखरा रेफर गरिएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
