प्रि–मनसुन सुरु, तीन महिना पहाडी भेगको मौसम प्रभावित हुने

1292
0
Share:

काठमाडौं। यस वर्षको प्रि–मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशको पहाडी भू–भागको मौसम लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्ष हुने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।उनकाअनुसार स्थानीय वायुको प्रभाव पार्न थालेकाले प्रि–मनसुन सुरु भएको हो ।

तापक्रम बढ्न थालेकाले पनि यसको प्रभाव देखिएको बताइएको छ । प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू–भागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने मौसमविद् अर्यालले औंल्याए ।

उनकाअनुसार अंग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम प्रभावित भइरहन्छ । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिएपनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन ।

सो समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । नयाँ प्रणाली विकास नभइसकेकाले पहाडी भेगबाहेकका अन्य क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: