
पोखरा । पोखराका वडा कार्यालयहरुमा चोरी हुने क्रम रोकिएको छैन । एकपछि अर्को गरी कार्यालयहरु चोरी भइरहेका छन् । पोखरा वडा नं. १३ पहिल्यैदेखि चर्चित छ । युवा नेतृत्व दर्शन लामा पाएको यस वडामा सबै कामहरु अहिले कम्प्युटराइज्ड छन् । निकै फड्को मारिसकेको यस वडा कार्यालयमा समेत चोरको नजर पुग्यो ।
बिहिबार राती करीब साढे १० बजे चोरी भएको वडा अध्यक्ष लामाले जानकारी दिए । वडा कार्यालयबाट ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, ३ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरी भएको वडा प्रहरी कार्यालय रामबजारका जवान विष्णु श्रेष्ठले जानकारी दिए ।
चोरले सीसी क्यामेरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेको वडा अध्यक्ष लामाले बताए । वडा अध्यक्ष लामाले भने,’हामीले सीसी क्यामेराको फुटेज हेर्यौ, त्यसमा एकजना मात्र देखियो तर एकजनाले मात्र चोरी गर्न सम्भव देखिदैन ।’
‘सीसी क्यामरा डिस्कनेक्ट गरेर मात्रै चोरी गरेको पाईयो,’ उनले थपे ।’ चोरीबाट २ लाख बराबरको अनुमानित क्षति भएको छ । यसअघि पनि पोखराका अन्य वडा कार्यालयमा चोरी भएका थिए ।
पोखरामा यसअघि पाँच वटा वडा कार्यालयमा चोरी भइसकेको छ । सम्बन्धित भिडियो::
