
पोखरा । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएका छन् । बिगत दुई हप्तादेखि लगातार परेको हिमपातका कारण अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बेसक्याम्पमा रहेका चार होटल पुरिएका हुन् ।
हिमपातबाट बेस क्याम्पमा रहेका अन्नपूर्ण सेन्चुरी लज, होटल स्नोल्याण्ड, अन्नपूर्ण गेष्ट हाउस र प्याराडाईज गार्डेन गरी चार वटा होटल पुरिएको हो ।
आर्थिक क्षतीको आँकलन गर्न बाँकी
हिमपातका कारण बेसक्याम्पमा रहेको चार वटा होटल पुरिएर कुल कति आर्थिक क्षती भएको छ भन्ने कुरा निश्चीत भएको छैन् ।
बेस क्याम्प जाने बाटोमा बाक्लो हिउँ भएको र अझै हिउ पर्न नरोकिएकाले सम्बन्धीत निकायका ब्यक्तीहरु घटना स्थलको बिस्तृत अबलोकन गर्न जान नसकेका कारण आर्थिक क्षती के कति भयो भन्ने निश्चित हुन नसकेको हो ।
चैत्र १५ अगाडी बेसक्याम्पमा पर्यटक जान नसक्ने
लगातार परेको हिमपातका कारण बेसक्याम्पमा आगामी चैत्र १५ गतेभन्दा अगाडी पर्यटकहरु जान सक्ने अवस्था नरहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुवंरले जानकारी दिए ।
सडकमा पनि हिउँ जमेका कारण बेसक्याम्प जान समस्या हुने भएको छ । पर्यटकहरुका लागि चैत्र १५ गतेभन्दा अघि त्यहाँ जाने अनुकुल मौसम हुन नसक्ने उनको भनाई छ ।
File Photo
