मेस्सीको उत्कृष्ट प्रदर्शन, बार्सिलोना अन्तिम ८ मा प्रवेश

682
0
Share:

बार्सिलोना । कप्तान लियोनल मेस्सीले दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोल अन्तरले हराएको हो ।

बुधबार राति भएको खेलमा बार्सिलोनालाई सहज जित दिलाउन लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक गोल गरे । लियोनका लुकास टुसार्टले एक गोल फर्काए ।

पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो । बार्सिलोनामा समग्रमा ५–१ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो । बार्साले घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । उनले १७ औ मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

काउटिन्होले ३१ औ मिनेटमा बार्साको अग्रता दोब्बर बनाए । टुसार्टले ५८ औ मिनेटमा गोल गर्दै लियोनलाई खेलमा फर्काउने कोशिश गरेका गरेका थिए । तर बार्साले त्यसपछि लगातार तीन गोल थपेपछि लियोनको केही सीप चलेन ।

मेस्सीले ७८ औ मिनेटमा पुनः गोल गर्दै बार्सालाई ३–१ को स्थितीमा पु¥याए । मेसीकै असिस्टमा पीकेले ८१ औं मिनेटमा बार्सिलोनाका लागि चौंथो गोल गरे । खेल सकिन ४ मिनेट अगाडी मेसीकै पासमा डेम्बेलेले क्लबका लागि पाँचौ गोल गर्दै जित पक्का गरे ।

कमेन्ट गर्नुहोस्
Share: