
पोखरा । यहाँको सभागृहचोकमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । सभागृह चोकैमा ट्राफिक प्रहरी बस्ने पोष्टमा शंकास्पद बस्तु भेटिएको थियो । उक्त स्थानमा सुरक्षामा खटिएका एक प्रहरीका अनुसार सानो सुतली बम जस्तो बस्तु फेला परेको हो । उक्त स्थानमा सवारी साधन र पैदल यात्रुलाइ सुरक्षाका कारण जान दिइएको थिएन ।
ति प्रहरीका अनुसार विहान ४।३० बजेतिर केही युवा पृथ्वीचोकमा देखिएका र पछि सभागृहतिर लागेकाले उनीहरुले नै राखेको हुन सक्ने अनुमान गरिएको छ । पोखराका मुख्य चोकहरुमा सिसि टिभी क्यामेरा जडान गरिएको छ । पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रलाई ट्राफिक प्रहरी कार्यालयबाटै हेर्न सकिनेछ ।
उक्त स्थानमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले घेरा हालेर शंकास्पद बस्तुलाई डिस्पोज गरिएको हो।


तस्वीरः सुदर्शन रञ्जित
