
पोखरा । विवेकशील साझा पार्टीका युवा नेता तथा कार्यकर्ताहरुले बन्दको विरुद्द पोखरामा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय झण्डा लिएर पोखराको पृथ्वीचोकमा गरिएको उक्त विरोध प्रदर्शनमा ‘बन्दको विकल्प खोजौँ, बन्दले देश बन्दैन, नेपाल खुल्ला छ’ लगायतका प्लेकार्ड बोकेका थिए ।
देश विकास र समृद्धिको बाधक बन्द हड्तालको शान्तिपूर्ण संघर्ष गर्न र सरकारले सबैको माग वार्ता र संवाद मार्फत निकास निकाल्नु पर्ने प्रदर्शनकारीको भनाई थियो ।
बन्द हड्तालले युवाहरुको भविष्यसंग जोडिएको विद्यालय, कलेज बन्द हुनु, उद्योग, व्यापारसमेत ठप्प हुन नहुने बन्द विरुद्ध प्रदर्शनमा उत्रेका युवाहरुले बताएका छन्।
कमेन्ट गर्नुहोस्
