नवलपरासीमा ट्रक दुर्घटना : एकको मृत्यु, दुई घाईते

Share:

नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व) मा रोकी राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा एकजनाको ज्यान जानुका साथै दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङका १८ वर्षीय अनराम राखल मगर रहेका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा निजको मृत्यू भएको हो । घाइते हुनेमा दाङ गोबर्दियाका २५ वर्षीय सुदिप राई र जुरौनी गाउँपालिकाका २३ वर्षीय विनोद लामा रहेका छन् ।

कावासोती नगरपालिका ८ पुर्वपश्चिम राजमार्गअन्तर्गत खरकट्टा जंगलमा उक्त दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ११९४ नं.को ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १०९९ नं.को ट्रकलाई साईडमा रोकी राखेको अवस्थामा पछाडीबाट ठक्कर दिएको हो ।

मृत्यु हुने एकजना र घाइते हुने दुवैजना ठक्कर दिने ट्रकमा सवार थिए । घाईतलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: