
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको मुख्य धावनमार्गको काम अबको २५ दिनभित्र निर्माण सम्पन्न हुने भएको छ । विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनीले हालसम्म ३० प्रतिशत काम पूरा गरिसकेको छ । रनवेको काम २५ दिनभित्रै हुने प्रोजेक्ट म्यानेजर विनेश मुनकर्मीले जनाएका छन् ।
२०१७ को नोभेम्बरदेखि काम सुरु गरेको कम्पनीले २०२१ को जुलाइ १० मा निर्माण सक्ने सम्झौता गरेपनि ६ महिना अगावै निर्माण कार्य सक्ने गरी कामलाई तीब्रता दिएको छ । २०२१ जुलाईदेखि नै उडान भर्ने योजना रहेको छ । १८० सिट क्षमताको जहाज र अहिले विश्वका धेरै देशहरूमा उडान भरिरहेका मझौला खालका विमानले पोखराबाट उडान भर्नेछन् ।
अहिलेसम्म एप्रोन पार्किङ, आठवटा ढलनिकास निर्माण सकिसकेको, रनवे र ट्याक्सीको २ चरण ढलानको काम सकिएको मुनकर्मीले जनाएका छन् । चिनियाँ र नेपाली गरेर चार सय ५० जनाभन्दा धेरै मजदुर विमानस्थल निर्माणमा खटिएका छन् ।
त्यस्तै, गत भदौ ६ गते तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेको १४ हजार वर्गमिटरमा बन्ने टर्मिनल भवनको पनि फाउण्डेशन तयार भइसकेको छ । विमानस्थलको क्षेत्रमा कडा प्रकृतिको माटो रहेकोले बम ब्लास्टिङ गर्ने तयारी थालिएको छ । ब्रोकर, डोजरले तीन महिनामा हुने काम बिस्फोट गरेपछि एक महिनामै हुने बताइएको छ । यसका लागि बम लगायतका सामग्री ल्याउन नौ महिनाको प्रक्रिया बल्ल पूरा भएको मुनकर्मीको भनाई छ ।
विस्तृतमा थाहाखबरका लागि सन्तोष अधिकारीले लेखेका छन्:
