निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनामा आगलागी, तीन कामदार घाइते

Share:

पर्वत । पर्वतमा निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनामा सोमबार आगलागी भएको छ । आगलागीमा परी ३ जना कामदारहरु घाईते भएका छन्।

सुरुङदेखि विद्युतगृहसम्म पानी पठाउने पाईमा रङ लगाउने क्रममा सोमबार बिहान आगलागी भएको  प्रहरीले जनाएको छ । घाइते हुनेमा रङ लगाउँदै गरेका अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेका छन्।

सुरुङ् भित्रको पाइपमा रङ लगाउने क्रममा उज्यालोका लागि जोडिएको तार सर्ट भएका कारण आगलागी भएको पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

बिहान साढे १० बजेको समयमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र आयोजनामा कार्यरत कामदारहरुको सहयोगमा दिउँसो १ बजेमात्र नियन्त्रणमा आएको थियो। आगलागीबाट २५ लाख बराबरको क्षति भएको बताईएको छ।

आगलागीका कारण रङहरु जलेका भएपनि आयोजनाका अन्य उपकरणहरुमा भने क्षति नभएको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: