‘यात्रा’ टिमसहित सलिनमान र मल्लिकाको रमाईलो होली

Share:

बिग न्यूज
पोखरा, ५ चैत । फिल्म यात्राको टिमले होली मनाएको छ । साथै फिल्म यूनिटले सम्पूर्ण नेपालीहरुलाई हर्षोल्लासपुर्वक होली मनाउन आह्वान समेत गरेको छ । होलीलाई सद्भावको पर्वको रुपमा लिन फिल्म यूनिटले आग्रह गरेको छ ।

अभिनेता सलिनमान बनियाँसहित अभिनेत्री मल्लिका महत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाए । होलीलाई प्रि–सेलिब्रेट गरेको यात्रा टिमले आउँदो वुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होलीलाई सेलिब्रेट गर्ने पनि जनाएका छन् ।

गैरीधाराको रोयल एम्पायर होटेल , सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए ।

सलिन पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाइ मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’ उनले भने ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु , विभिन्न स्थानमा पुग्दैछु ।’

कमेन्ट गर्नुहोस्
Share: