चैत २९ गतेदेखि फेवा किनारमा नव वर्ष महोत्सव

Share:

पोखरा । विगतका वर्ष झैं नेपाली नयाँ वर्षको अवसरमा पोखरामा फेवा नव वर्ष महोत्सव २०७६ हुने भएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागिएको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा फेवा किनारस्थित कोमागाने पार्कमा हुने महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म जारी रहने छ। विगतका वर्षमा पाँच दिन सम्म चल्ने गरेको महोत्सव यस वर्ष भने छोट्याएर तीन दिनमा झारिएको हो।

नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको उद्देश्य रहेको छ।

दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको उक्त तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्य महोत्सवले लिएको छ ।

महोत्सवले पोखरामा उल्लेखनिय मात्रामा आन्तरिक र बाह्य पर्यटक आगमनमा बृद्धि भई “आन्तरिक पर्यटन वर्ष २०१९” लाई सफल बनाउन सहयोग पुग्ने महोत्सव संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले बताए ।

परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय नृत्य प्रतियोगिता, पप कन्सर्ट, पर्यटक दौड प्रतियोगिता,बाल उद्यान, डुङ्गा दौड प्रतियोगिता र लोक दोहोरीका कार्यक्रम मुख्य आकर्षण रहेका छन् ।

महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न २९ वटा उपसमितिहरु गठन गरिएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: