एक वर्षमै कर्मचारी समायोजन सम्पन्नः तीनै तहमा १ लाख ३१ कर्मचारीको समायोजन

Share:

संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रलयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया टुंगोमा पुगेको घोषणा गरेको छ ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गरी संघ, प्रदेश र स्थानीय तहका सबै निकायमा १ लाख ३१ कर्मचारीको समायोजन गरिएको जानकारी दिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ।

मन्त्री पण्डिका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ। सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ। र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ।

सामान्य प्रशासनमन्त्री पण्डितले संविधानले दिइएको अधिकार अनुसार नयाँ ऐन बनाई कर्मचारी समायोजनको काम सम्पन्न भएको बताए । संघमा दरवन्दी घटाइंदै लगिने मन्त्री पण्डितले बताए।

संघमा समायोजन भएका कर्मचारीमध्ये सेवा निवृत्त भएमा सो पदपुर्तीका लागि दरवन्दी नखोलिने समेत मन्त्री पण्डितले स्पष्ट पारे । कुल स्वीकृत दरबन्दी मध्ये संघमा ३५, प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतको अनुपात रहेको छ । समायोजन पश्चात् तहमा अपुग रहेका कर्मचारी पूर्तिका लागि तीन वटै तहले छुट्टाछुट्टै रुपमा आवेदन खोल्न सक्ने कानुनी प्रावधान छ ।

कमेन्ट गर्नुहोस्
Share: