शाहवंशीय उदगम थलो कास्कीकोटमा चैते दशैँ महोत्सव हुने (अडियो सहित )

Share:

पोखरा । शाहवंशीय उदगम थलो कास्कीको ऐतिहासिक गाउँ कास्कीकोटमा ‘प्रथम कास्कीकोट चैते दशैँ महोत्सव’ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २४ को आयोजनामा चैत्र २८ देखि ३० गतेसम्म महोत्सव हुने आइतबार पोखरामा आयोजित सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

वडाभित्रका ऐतिहासिक स्थलको संरक्षण र प्रचार गर्न महोत्सवको आयोजना गरिएको वडाध्यक्ष ओमप्रकाश सुवेदीले जानकारी दिए । महोत्सवमा दोस्रो खुल्ला राष्ट्रिय भजन चुट्का प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ।

त्यस्तै अन्य आकर्षणहरुमा भलिबल प्रतियोगिता, खुल्ला कविता प्रतियोगिता, म्युजिकल चियर, रस्साकस्की, छेलो हान्ने, हाफ म्याराथन प्रतियोगिता, लोपोन्मुख सरुन खेलको प्रर्दशन, नौमती तथा पञ्चेबाजा प्रर्दशन, राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुती, विभिन्न झाँकी लगाएतका कार्यक्रमहरु महोत्सवमा हुने वडाध्यक्ष सुवेदीले बताए।

महोत्सव कै अवसरमा मौलादेखि सरङ्कोटसम्म ५ किलोमिटर हाफ म्याराथनको समेत आयोजना गरिने भएको छ । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कास्कीकोटमा बडा दसैंमा पनि महोत्सवको आयोजना गरिँदै आएको छ ।

गुप्तकालीका मन्दिर, कुलमण्डन शाहकालको दरबार तथा अन्य भग्नावशेषहरू, भुमेस्थान मन्दिर, खड्कगाउँकोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन ।यस्तै थामको गहरा भ्युटावर, ठूलीपोखरी आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।

यसैबीच हामीले एक स्थानीय बुद्दिजिविलाई कास्कीकोटको ऐतिहासिक एवं धार्मिक महत्व बारे सोधेका छौं::

कमेन्ट गर्नुहोस्
Share: