कमलपोखरी जुनियर क्लबको आयोजनामा चैत २६ देखि ‘दोस्रो यू-१९ सेभेन ए साइड फुटबल’

Share:

पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा ‘दोस्रो यू-१९ सेभेन ए साइड फुटबल प्रतियोगिता’ यही चैत २६ गतेदेखि आयोजना हुँदैछ । चैत ३० गतेसम्म स्थानीय माछापोखरी फुटबल मैदानमा प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक टीमले यहि चैत्र २० गतेदेखि २४ गतेसम्म आयोजक क्लबसँग सम्पर्क गरी टीम दर्ता गराउन अनुरोध गरिएको छ । खेलाडी १९ वर्ष मुनिको हुनुपर्नेछ । टीम दर्ताका लागि चार हजार पाँच सय रुपैँया तोकिएको क्लबका अध्यक्ष विधान रेग्मीले जानकारी दिए ।

खेलमा प्रथम हुने टिमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव खुमबहादुर गुरुङले जनाए ।

प्रतियोगितामा बेस्ट किपर, बेस्ट प्लेयर, म्यान अफ दि म्याच, बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर र बेस्ट हाइस्कोरर लाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि थप जानकारीका लागि ९८१५१७७९३२ वा ९८१६१५६२२८ मा सम्पर्क गर्न खेल संयोजक लक्ष्मण गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: