गोरखाका गुरुङ पर्वतमा मृत फेला

Share:

पर्वत । पर्वतमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा गोरखा जिल्लाको धार्चे गाउँपालिका–७ लापुका ६५ बर्षीय सुकपाल गुरुङ रहेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–५ को मेलमिलाप चोकमा बुधवार बिहान गुरुङ मृत फेला परेका हुन् । गुरुङ सोही स्थानमा ज्यामी काम गरी बस्दै आएका थिए । उनको आफ्नै डेरामा शव भेटिएको हो । घटनाको बारेमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: