
पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा शनिबार पोखरा आउने भएका छन् । क्षत्री समाज नेपालको पोखरामा हुने तेस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न पूर्व उपप्रधानमन्त्री समेत रहेका थापा पोखरा आउन लागेका हुन् ।
राप्रपा अध्यक्ष थापासँगै पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, चित्रबहादुर केसी र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल समेत सो कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता, आजको आवश्यकतालाई आत्मसात गर्दै नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न क्षत्रीहरु एकजुट भइ अगाडि बढ्नुपर्ने माग समाजले गरेको छ ।
नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने उद्घाटन समारोह अघि चिप्लेढुंगादेखि ¥याली निकालिने छ ।
