चितवनमा मोटरसाइकल दुर्घटनामा पोखराका १६ वर्षीय भुजेलको मृत्यु

Share:

पोखरा । चितवनमा भएको सवारी दुर्घटनामा पोखराका एक किशोरको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका १ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना२०प ७५१८ नं को मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

आइतबार राति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका ३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका ५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: