मलद्वारमा लुकाएर सुन ल्याउने तीन चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

894
0
Share:

काठमाडौं । मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई त्रिभुवन विमानस्थलमा भन्सार र प्रहरीले चेकजाँच गर्दा उक्त परिमाणको सुन सहित पक्राउ गरेको हो ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि केएमसी अस्पतालमा अस्पतालको लगेर एक्सरेमा गर्दा पेट मुनि मलद्वारमा सुन रहेको पत्ता लागेको थियो ।

उनीहरुको राहदानीमा उल्लेखित विवरण अनुसार पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेका छन् ।

उनीहरु किन नेपाल आए भन्ने खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: