नयाँ वर्षको दिन मौसम बदली हुने, पहाडी भूभागमा वर्षाको सम्भावना

Share:

काठमाडौं । आगामी आइतबार नयाँ वर्ष २०७६ को दिन पनि मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिनमा वैशाख १ गते आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

देशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

सो दिन राति पनि देशको पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।

देशको पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: