कांग्रेस नेता भन्छन्,‘वर्तमान सरकार पाकेको फर्सीजस्तै हो, कुनबेला बेलो चुँडिन्छ र झर्छ’

366
0
Share:

ओखलढुंगा। नेपाली कांग्रेसका नेता रमेश लेखकले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार र अनियमिततामा लिप्त भएको बताएका छन्।

ओखलढुंगामा शनिबार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा लेखकले भने, ‘सरकार सम्पूर्ण रुपमा असफल भयो। भ्रष्टाचार र अनियमिततामा सरकार नै लिप्त छ।’

सरकारका गतिविधिले आमजनतामा निराशा आएको लेखकले दाबी गरे। अघिल्लो बर्षको तुलनामा बेरुजु बढेको महालेखाको प्रतिवेदनले देखाएको बताएका लेखकले सरकारले अनियमित खर्च गरेको बताए।

बिकासको नाममा तल्लो तहसम्म भ्रष्टाचार भएको उनको भनाइ छ। उपभोक्ता समितिमार्फत काम लगाएर सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको दाबी उनको छ।

उनले वर्तमान सरकार पाकेको फर्सी भएकाले आफै झर्ने टिप्पणी गरे । नेता लेखकले अपराध र भ्रष्टाचारमा डुबेको सरकार फर्सीजस्तो भएको बताएका हुन् ।

उनले भने, ‘फर्सी त आफै झर्छ, बेलो चुडिँयो भने खतरा हुनसक्छ ।’ उनले फर्सीलाई सरकार र बेलोलाई लोकतन्त्रका रुपमा व्याख्या गरे। बेलो चुँडिन दिन नहुने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: