जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

341
0
Share:

झापा । झापाको मेचीनगर नगरपालिका-१२ कालीझोडामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २८११ नम्बरको जिपले शुक्रबार राति पदैल यात्रीलाई ठक्कर दिएको थियो।

पदैलयात्रीलाई ठक्कर दिएको जीप अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको मे १ ज १२०९ नम्बरको अर्को जिपलाई ठक्कर दिँदा जिपमा रहेका ११ जना घाइते भएका छन्।

मृत्यु हुने पैदलयात्री करिब ७५ वर्षीय पुरष भएको तर उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मृतक चाराआली क्षेत्रमा मागी हिँड्ने व्यक्ति भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ भने घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: