
बिसिस्टर। वेलायतमा एक हास्य व्यंग्य कलाकारको प्रस्तुती दिँदादिँदै स्टेजमै निधन भएको छ।
६० वर्षीय चर्चित हास्यव्यंग्य कलाकार इयान कग्नीटोको बिसिस्टरस्थित एक कार्यक्रममा प्रस्तुती दिइरहँदा बिहिबार निधन भएको हो।
प्रस्तुती दिइरहँदा उनी एक्कासी कुर्सीमा बसेका थिए। केही क्षणसम्म नबोलेपछि दर्शकहरु अझ हाँसेका थिए। दर्शकले उनी प्रस्तुती नै दिइरहेको सम्झिरहेका थिए।
तर पाँच मिनेटसम्म उनी चुपचाप रहेपछि भने उनको शरीरबाट स्वासप्रस्वास बन्द भएको आयोजकले थाहा पाएका थिए।
सन् १९५८ मा लन्डनमा जन्मिएका वेलायतमा कंग्नीटो चर्चित हास्यव्यंग्य कलाकारको रुपमा चिनिन्छन्। उनको वास्तविक नाम भने पल बारबेरी हो।
कमेन्ट गर्नुहोस्

