ब्रेकिङ न्यूजः पोखरा औद्योगिक क्षेत्र सडक छेउमै महिलाको शव भेटियो [५ तस्विरहरु]

Share:

पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा शव भेटिएको छ । सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो साढे २ बजेतिरको समयमा नालीमा शव देखिएको हो । बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा भएकाले सुरुमा पुरुष वा महिला एकिन भएको थिएन । प्रहरी पुगेपछि शव निकाल्ने क्रममा शव महिलाको भएको पुष्टि भएको छ ।

पत्रकार डोलराज पोखरेलले शव देखिएपछि प्रहरीलाई जानकारी गराएको बताए । उनका अनुसार सडक छेउमा उभिएर बस कुरिरहेकी महिलाले हात देखेपछि होहल्ला गरेकी थिईन् । शव भेटिएको स्थान औद्योगिक क्षेत्र प्रहरी कार्यालयबाट २ सय मिटर जति तल खसीबजार एरिया साइडमा पर्दछ । जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोली घटनास्थल पुगेको छ । केहि समय पृथ्वी राजमार्गको सो सडकखण्डमा जाम भएर सवारी आवागमनमा असर परेको थियो ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले आधा घण्टा अगाडि सूचना आएको र अहिले टोली घटनास्थलमा रहेको जनाए । उनले अहिलेसम्म कसको शव पत्ता लाग्न नसकेको र अनुसन्धानका क्रममा रहेको बताए ।

कोहि व्यक्ति हराएको छ भने प्रहरीकहाँ बुझ्न समेत अनुरोध गरिएको छ । टाउकोदेखि पेटसम्मको भागमा बोरा बेरिएको खुट्टा पनि ढाकिएको भएकाले हत्या गरेर फालेको आशंका समेत प्रत्यक्षदर्शीले व्यक्त गरेको पत्रकार पोखरेलको भनाई छ ।

 

तस्वीरः डोलराज पोखरेल

 

कमेन्ट गर्नुहोस्
Share: