सगरमाथा क्षेत्रबाट एक सातामा दुई हजार किलो फोहर संकलन

768
0
Share:

सोलुखुम्बु । एक सातामा सगरमाथा क्षेत्रमा दुई हजार किलो फोहोर सङ्कलन गरिएको छ। वैशाख १ देखि ७ गतेसम्म सगरमाथा क्षेत्रबाट दुई हजार किलो फोहोर संकलन गरिएको हो।

संकलित मध्ये एक हजार किलो फोहर काठमाडौँ लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो । स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने बस्तुलाई नाम्चे क्षेत्रमै व्यवस्थापन गरिएको छ ।

‘कुहिने वस्तुसहितको फोहरलाई ओखलढुङ्गा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तु काठमाडौँ पठाएका छौँ,’ निकुञ्जका प्रमुख प्रमोद भट्टराईले भने।

१२ औँ अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा फोहोर सङ्कलन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: