खाद्य संस्थानको चामल कारागारमा बढी खपत

Share:

पोखरा । गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेको नेपाल खाद्य संस्थान पोखरा शाखाको चामल अधिकाशं कारागारमा खपत हुने गरेको पाइएको छ ।

संस्थान पोखरा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ । यहाँबाट पहाडी जिल्ला मनाङ र मुस्ताङ जिल्लाका सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ ।तर मनाङ र मुस्ताङवासीले खाद्य संस्थानको चामल प्रयोग गर्न मान्दैनन ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा संस्थानको चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी दिए ।

उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ । सोना मन्सुली चामल कारागारमा र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ ।

मनाङ र मुस्ताङ जिल्लाका सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताए ।ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम गहुँ पनि भण्डारण गरिएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: