अध्ययनका लागि अमेरिका : भिसा लाग्नलाई यस्ता प्रश्नहरुको तयारी गर्नुस

Share:

बिग न्यूज

पोखरा, १० बैशाख । धेरैको सपनाको देश हो अमेरिका । नेपालका धेरै मानिस अमेरिका जानका लागि मरिहत्ते गर्छन । त्यसो त नेपालबाट अमेरिका अध्ययनका लागि जान चाहने विद्यार्थीहरु पनि थुप्रै छन । अमेरिका अध्ययन गर्न जान शैक्षिक र आर्थिक रुपमा ‘सक्षम’ व्यक्ति हुनुपर्दछ ।

शैक्षिक अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीले अंग्रेजी भाषाको दक्षता मापन गर्ने टोफेल, जीआइई, जीम्याट, स्याट र आइएलटीएसको परिक्षामा राम्रो अंक प्राप्त गरेको हुनुपर्छ ।

विद्यार्थीले अमेरिकाको कुन कलेज वा विश्वविद्यालयमा अध्ययन गर्ने हो त्यो कुरामा क्लियर हुन आवश्यक छ । शिक्षा मन्त्रालयले दिने सिफारिस र सम्बन्धित कलेज वा विश्वविद्यालयको स्वीकृतीपत्रपछि मात्र विद्यार्थीले भिसा आवेदन भर्नुपर्दछ ।

अमेरिकामा कलेजपिच्छे आवेदन प्रक्रिया फरक र भर्ना लिने आफ्नै मापदण्ड रहेकाले उनीहरुले विद्यार्थीलाई सिफारिसपत्र कहिले पठाउँछन् भन्ने निश्चित हुँदैन । कुनै कलेजले तुरुन्तै पठाउने भएपनि कुनैमा भने समय लाग्न सक्छ ।

शैक्षिक संस्थाबाट अफर लेटर आएपछि तपाईंले एफवान भिसाको फर्म भर्ने, कलेजको फी तिर्ने र अन्तर्वार्ताका लागि जानुपर्दछ । अमेरिका अध्ययन गर्न जानेले एफ वान भिसा भर्नुपर्दछ । अनौपचारिक अध्ययनका लागि जानेका लागि एम वान भिसा प्रदान गरिन्छ ।

अमेरिकाको शैक्षिक प्रतिष्ठान (युसेफ) मा रहेको एजुकेशन युएसए कार्यालयले हप्ताको एक दिन अमेरिकामा अध्ययनका बिषयमा निशुल्क शैक्षिक परामर्श दिने गर्दछ । कुनै पनि विद्यार्थीको आवश्यक जिज्ञासाको जवाफ दूतावासले निशुल्क दिन्छ र आवश्यक बिषयहरु दूतावासको वेभसाइटमा समेत राखिएको हुन्छ । त्यस्तै आफूलाई अब्बल साबित गर्न सके अमेरिकाका कलेज वा विश्वविद्यालयहरुले नेपाली बाहिरी देशका विद्यार्थीहरुलाई पनि छात्रावृत्ति पनि उपलब्ध गराउँछन् ।

अन्तवार्ताका लागि जाँदा विद्यार्थीले अमेरिकी शैक्षिक संस्थाबाट प्राप्त सिफारिसपत्र, आफ्नो ट्रान्सक्रिप्ट, आवश्यक अन्तर्राष्ट्रिय परीक्षाको प्रमाणपत्र, आर्थिक अवस्थाको प्रमाणपत्र साथमा लैजानुपर्दछ । अन्तर्वार्ता निकै छोटो हुने हुँदा संक्षेपमा जवाफ दिनुपर्दछ ।

सामान्यतया अमेरिकी दुतावासमा यस्ता प्रश्न सोधिन्छन :

अमेरिकामा किन पढ्न चाहनुहुन्छ ?

कुन विषय पढ्न जाँदै हुनुहुन्छ ?

किन तपाईंले सो बिषयमा रुची राख्नुभयो ?

तपाईको अध्ययन खर्च कस्ले र कसरी बेहोर्नुहुन्छ ?

अध्ययन पूरा भएपछि तपाई के गर्नुहुन्छ ?

भिसा प्राप्त गरिसकेपछि पनि विद्यार्थी नियमित रुपमा पढ्न नगए भिसा रद्द हुन सक्छ । विद्यार्थी भिसा लिएको व्यक्ति शैक्षिक संस्थामा ५ महिनाभन्दा लामो समय सम्पर्कमा नगएमा वा पढाइ छाडेमा शैक्षिक भिसा रद्द हुन्छ । अध्ययन पुरा नगरी विद्यार्थी फर्केमा वा अन्य गतिविधि भएमा भबिष्यमा समेत अमेरिका अध्ययनका लागि आउन वा अन्य खालका प्रतिबन्ध त्यहाँको सरकारले लगाउन सकिन्छ ।

अध्ययनकै क्रममा बाहेक पाँच महिनाभन्दा लामो समय विदेश रहेर पुन अमेरिका फर्कने विद्यार्थीको भिसाको म्याद रहेपनि अध्यागमन अधिकारीले अस्विकृत गरी डिपोर्ट गरिदिन सक्छन् । लामो समय अध्ययनकै क्रममा बाहिर रहेपनि उद्देश्य खुल्ले गरी शैक्षिक संस्थाको पत्र विद्यार्थीले बोक्नुपर्दछ ।

अमेरिकी कानूनले सरकारी लगानी रहेका या सरकारी खर्च हुने सामुदायिक विद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना गर्न दिँदैन । पढ्न जाने विद्यार्थीप्रति आश्रित श्रीमान÷श्रीमती पनि जान अमेरिका पाउँछन् । जसका लागि एफ वान एम भिसा प्रदान गरिन्छ । एक वर्षभित्र जम्मा ६ महिनामात्र बस्नेले भने पर्यटन भिसा (बी वान)मै पनि पनि जान सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: