शुक्रबारदेखि पोखरामा लायन्सको सातौं महाधिवेशन

Share:

पोखरा । आगामी शुक्रबारदेखि पोखरामा हुने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ को सातौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरामा क्रियाशील २६ वटा महिला लायन्स क्लबको संयुक्त आतिथ्यतामा महाधिवेशन हुन लागेको हो ।

हालसम्म दुई हजार लायन्स सदस्यहरुले परी रजिष्ट्रेशन गरिसकेको र रजिष्ट्रेशन क्रम जारी रहेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिकी संयोजक लायन विमला श्रेष्ठले जानकारी दिईन।

महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा भने दुई पक्षबीच तिब्र प्रतिस्पर्धा हुनेछ ।

विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठ सेकेण्ड भाइस गभर्नर पदको लागि चुनावी अभियानमा छन् ।

उक्त महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने, लायन्स सस्यहरुविच आपसी भाइचाराको सम्वन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको छ । महाधिवेशन सम्पन्न गर्न करिव ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

शनिबारसम्म चल्ने महाधिवेशनमा डिष्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत चार हजार लायन्सहरु सहभागी हुने अनुमान गरिएको छ ।अहिले डिष्टिक्ट ३२५ बी १ मा ११ हजार दुई सय बढी लायन्स सदस्य र ३ सय ६९ क्लब रहेका छन भने थपिने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्
Share: