स्याङ्जामा अवैध भरुवा बन्दुक नियन्त्रणमा

Share:

स्याङ्जा । स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

“गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, स्याङ्जा प्रहरीका प्रवक्ता नवीनकृष्ण भण्डारीले भने, “उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक नियन्त्रणमा आएको छ ।”

स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् अदालतमार्फत् दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको भण्डारीले बताए ।

बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कदा उनको आफ्नै कोखामा लागेको थियो ।

२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर गृहमन्त्रालयले हतियार बुझाउन निर्देशन दिएको थियो। एकपटकलाई नेपाल सरकारले नविकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो।

समयभित्र हातहतियार नबुझाए मुलुकी हातहतियार संहिता २०७२ बमोजिम कारबाही हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: