बुधबार एकै दिन भूकम्पका तीन धक्का, केन्द्रविन्दु एउटै

Share:

काठमाडौं। बुधबार एकै दिन भूकम्पका तीनओटा धक्का महसुस गरिएको छ। बुधबारै बिहान ६ बजेर २९ मिनेटमा नौबीसे आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्यूडको पहिलो पराकम्पन मापन गरिएको थियो ।

यस्तै, बुधबारै बिहान ६ बजेर ४० मिनेटमा पुनः नौबीसे आसपास नै केन्द्रविन्दु भएको ४.३ म्यानिच्यूडको कम्पन मापन गरिएको थियो । त्यसपछि बुधबार दिउँसो पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।

बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ३.९ म्याग्निच्यूडको कम्पन मापन भएको हो।

यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सामान्यतया ४ म्याग्निच्यूडदेखि माथिका भूकम्पका धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ ।

विनाशकारी गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडदेखि माथिका ५२० ओटा पराकम्पन मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: