
काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट अन्तर्गत नेपाल र थाइल्याण्डबीचको खेल रद्द भएको छ ।
खेल मैदानमा चट्याङसहितको वर्षा भएपछि समूह चरणको अन्तिम खेल नतिजाविहीन बन्न पुगेको हो ।
नेपालले थाइल्याण्डलाई २३५ रनको विशाल लक्ष्य दिएको थियो। तर आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा बर्षा भएपछि खेल रद्द भएको हो । योसँगै नेपाल र थाइल्याण्डले १/१ अंक बाडेका छन् ।
अंक बाडेसंगै नेपालले समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।
आयोजक थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएको छ ।
कमेन्ट गर्नुहोस्
