वैदेशिक रोजगारबाट फर्किएका नेपाली पोखरामा भेला हुँदै

Share:

पोखरा । रिटर्नी माईग्रेंट नेपालको प्रथम राष्ट्रिय सम्मलेन आइतबारदेखि पोखरामा हुने भएको छ । वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुले स्थापना गरेको यो संस्थाका प्रतिनिधि पोखरामा भेला हुने भएका हुन् ।

झण्डै साढे दुई सयको संख्यामा विभिन्न जिल्ला र प्रदेशका प्रतिनिधि पोखरा आउने संस्थाका महासचिव लक्ष्मी प्रसाद आचार्यले बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

वैदेशिक रोजगारबाट स्वदेश फर्किएर अलमलमा परेका, पहिचान विहिन भएका,आर्जित सीप, अनुभव र पुँजी उपयोग विहिन भएका र समाजमा सहज रुपमा पुर्नस्थापित हुन नसकेका नागरिकलाई प्रोत्साहित गर्ने लगायतका संस्थाका दर्जनौँ उदेश्य रहेको आचार्यले जानकारी दिए ।

गठन भएको ६ महिनामा संस्थाले पाँच ओटा प्रदेश समिति र २१ जिल्ला शाखा समितिको सम्मेलन सम्पन्न गरीसकेको छ ।

पोखरा सभागृहमा आइतबार देखि हुने दुई दिने राष्ट्रिय सम्मलेनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्ने छन् । सम्मेलनबाट संस्थाको नयाँ कार्य समिति चयन हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: