बजार भित्रियो रिद्धि सिद्धि, प्राविधिक ज्ञान बाँड्न निर्माण व्यवसायीसँग अन्तरक्रिया

Share:

पोखरा । हेटौंडामा स्थापना भएको रिद्धी सिद्धि सिमेन्ट कम्पनीले पोखरामा निर्माण व्यवसायीहरुसँग भेटघाट एवं अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा भर्खरै मात्र बजारमा आएको रिद्धि सिद्धि ओ पि सि सिमेन्टको बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा निर्माण व्यवसायीहरुको सम्मेलन गर्दै आएको छ ।

पोखरा स्थित सिटि स्क्वायर वैन्केटमा सम्पन्न कार्यक्रममा निर्माण व्यवसायीहरुलाई रिद्धी सिद्धी सिमेन्टको प्रयोग तथा यसको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि पवनराज बरालले जानकारी दिए ।

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको नविनतम प्रविधिले नेपाली सिमेन्ट वजारमा नयाँ किसिमको आयाम खडा गरेको बताए ।

महतले कम्पनिको मुल नारा नै “गुणस्तरको नयाँ स्तर” रहेको जनाएका थिए । उनले यसको उपयोगिता, यसको उचित प्रयोग तथा गुणस्तरबारे चर्चा गरेका थिए ।

कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितीका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष राम बहादुर गुरुङले रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको रोबो ल्याव एवं लेजरशिल प्रविधिले मानवीय त्रुटिबाट हुन सक्ने समस्या रोक्ने धारणा राखेका थिए ।

कम्पनीले छिट्टै उपभोक्ताको मन जित्नुको साथै वजारमा हुने गरेका सिमेन्ट चुहावट नियन्त्रण गर्न रोक्दै महत्वपूर्ण भुमिका खेल्ने कुरामा उनीहरुले विश्वास व्यक्त गरेका थिए ।

यस सिमेन्टको प्रयोगले मजदुरहरुको स्वास्थ्यमा पनि प्रत्यक्ष फाईदा पुर्याउने भएकाले सम्पुर्ण निर्माण व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा प्रयोग गर्नका लागि पनि अनुरोध गरेका थिए ।

२ सय ५० जना भन्दा बढीको उपस्थित रहेको उक्त कार्यक्रमको अन्तमा उपस्थित सम्पुर्ण निर्माण व्यवसायीहरुलाई विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम गरि समापन गरिएको थियो ।

स्वदेशी १० अर्ब रुपैयाँको लागतमा सिमेन्ट उत्पादन सुरु गरेको गण्डकी प्रदेश प्रतिनिधि बरालले जानकारी दिए ।

कम्पनीले हेटौंडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य राखेको छ ।

रोबोटको प्रयोग गरी गुणस्तरीयतालाई ध्यान दिएको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: