‘मन्त्रालयको कामप्रति म आफै सन्तुष्ट छैन’ : मन्त्री लम्साल

Share:

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले सरकारले सोचे अनुरुपको विकास गर्न नसकेको बताएका छन् ।

प्रदेश मन्त्रालयद्वारा सोमवार गरिएको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले कर्मचारीको सहयोग नहुँदा विकास साझेदारीमा समस्या आएको बताए ।

“बीसौँ बर्षदेखि नीति निर्माणमा बसेका कर्मचारीहरु गोष्ठी र छलफलमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्ने गरेको छ,” उनले भने– “कर्मचारी विभिन्न बहानामा काम हुन नदिन असहयोग गरिरहेका छन् ।”

आफ्नै मन्त्रालयको कामप्रति सन्तुष्ट नभएको भन्दै लम्सालले भने– “विकासका लागि ट्रयाक परिवर्तन आवश्यक भएपनि कर्मचारीतन्त्रले नयाँ ट्रयाकबाट अगाडि बढ्नै दिँदैनन् ।”

“पुरानै परिपाटीलाई निरन्तरता दिने हो भने संघीयता किन आवश्यक प¥यो ?” उनको प्रश्न छ ।

गण्डकी प्रदेश सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ निर्माण गर्न लागेकोले सोही अनुरुप काम गर्न र जनताको जीवनस्तर उकास्न तर्फ सोच्नसमेत आग्रह गरे ।

गोष्ठीमा मन्त्रालय महाशाखा प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्नेबारे सही र प्रभावकारी सुझाव दिन सहभागिलाई आग्रह गरे ।

दुई दिनसम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्र्तगतका उद्योग अधिकृतहरुको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: