भारतीय सेना भन्छ,’मकालु हिमाल क्षेत्रमा यतिका पाइला भेटियो’

998
0
Share:

काठमाडौं। भारतीय सेनाले नेपालको मकालु वरूण राष्ट्रिय निकुञ्जमा यति अर्थात् हिम मानवको पाइलाको चिन्ह भेटिएको दाबी गरेको छ।

भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको छ।

पोस्टमा ती तस्विरहरू भारतीय आर्मीले पर्वातारोहणका क्रममा मकालु बेस क्याम्पमा नजिकै अप्रिल ९ मा खिचेको दाबी गरेको छ। भेटिएका पाइलाहरूको निशान ३२ बाई १५ इन्चको मापन गरिएको पनि उसले उल्लेख गरेको छ।

हिम मानव यतिलाई आजसम्म मकालु-वरूण राष्ट्रिय निकुञ्जमा मात्र देखिएको दाबी गर्दै आइएको छ।

पहिलोपटक यतिको चर्चा सन् १९२० मा पहिलो पटक भएको थियो। आजसम्म पाइलाहरू भेटिएको दाबी गरिएपनि यति नै भने भेटिएको आधिकारिक तथ्य छैन्।

कमेन्ट गर्नुहोस्
Share: