
साेल। दक्षिण कोरियाको विजङ्बुमा सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको अवस्थामा एक नेपाली पक्राउ परेका छन्। सार्वजनिक स्थलमा सुर्ती मिचिरहेका विराटनगरका उनलाई प्रहरीले पक्राउ गरिएको हो। उनको नाम भने खुलाईएको छैन् ।
सार्वजनिक स्थलमा सुर्ती मिचिरहेको ‘सिसीटिभी फुटेज’का आधारमा ‘ड्रग्स युजर’ भएको आशंकामा उनलाई प्रहरीले पछ्याएको थियाे। प्रहरीले पक्राउपछि अस्पतालमा चेकजाँच गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।
लामो समयको सोधपुछपछि सुर्ती सेवन नगर्ने सर्तमा प्रहरीले छोडेको उनका सहकर्मीहरुले बताएका छन्। कोरियामा सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्रीवितरण गर्न प्रतिबन्ध छ।
कमेन्ट गर्नुहोस्
