स्याङ्जाकी मिना पोखरामा मृत फेला

Share:

पोखरा। स्याङ्जाकी मिना खड्का पोखराको रामघाट स्थित एक होटलमा मृत अवस्थामा फेला परेकी छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी ६२ बर्षीया खड्का मंगलबार विहान मृत भेटिएकी हुन् ।

सोमबार बेलुका सुतेकी खड्का विहान अवेरसम्म नउठेपछि होटल संचालकले हेर्दा भुईमा मृत अवस्थामा देखेका थिए । उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा स्वास्थ्य उपचारका लागि पोखरा आएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: